सातौं क्यान इन्फोटेक मेलामा फागुन २१ देखि

पोखरा, ५ फागुन/क्यान कास्कीको आयोजनमा फागुन २१ गतेदेखि सुरु हुने सातौं क्यान इन्फोटेक मेलामा सहभागि हुने सम्पुर्ण स्टलहरु अग्रिम बुकिङ भएका छन ।

सातौं क्यान इन्फोटेक मेलामा फागुन २१ देखि
सातौं क्यान इन्फोटेक मेलामा फागुन २१ देखि

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ कास्कीको आयोजनामा चैत १ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोममा आयोजना हुने मेलामा राखीने ७८ वटा स्टलहरु अग्रिम बुकिङ भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

धेरै दर्शकहरुको सहभागिता गराउने उद्धेश्यले राष्ट्रिय औद्योगिक व्यापार मेलासंगै सातौं क्यान इन्फोटेक मेला आयोजना गर्न लागिएको क्यान कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बताए । छुट्टै व्यावस्थापनका साथ आयोजना हुने मेलामा विज्ञान र प्रविधिको विकासले विश्व नै एउटा गाउँमा परिणत भइरहेको अवस्थामा मेलाको सूचना प्रविधिमा भएका नविनतम गतिविधिलाई बुभ्न मेलाले सहयोग पुरयाउने आफुहरुको विश्वास लिएको उनले बताए ।

पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा क्यानले राष्ट्रिय औद्योगिक व्यापार मेलासँगै क्यान मेला गर्न लागेको हो । सूचना प्रविधिमा भइरहेका नविनतम गतिविधिहरुलाई दर्शक माझ पुरयाउन मेला आयोजना गरिएको क्यानका सचिव विश्वास भण्डारीले बताए । मेलामा डेक्सटप, ल्यापटप, कम्प्यूटर, मोबाइल टेक्नोलोजी, प्रदर्शनी एव विक्रीका लागि स्टल बुकिङ भएका छन् । विषम परिस्थितलमा पनि छाता संस्था पोखरा उद्योग बाणिज्य संघसँग मिलेर यो वर्ष मेला आयोजना गरेको बास्तोलाले जनाए ।

कमेन्टहरु
Loading...