पोखराका अर्चलबोटमा दुर्घटना, कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई युवा दुर्घटनामा

पोखरा, ८ असार /पोखरा लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै बसले स्कुटलाई ठक्कर दिदा दुई जना गम्भिर घाइते भएका छन् । पोखराको माउण्ट अन्नपूर्ण माविमा अध्ययनरत रुपेश थापा र शिशिर थापा बरपाटन स्थित बिन्ध्यावासिनी माविमा परीक्षा दिएर फर्किदै गर्दा उनीहरु सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो ।

बाग्लुङबाट काठमाडौं जादै गरेको ना ५ ख ९५०५ नम्बरको बसले बिद्यार्थी सवार ग १२ प ३८२७ नम्बरको स्कुटरलाई पोखराको अर्चलबोट नजिकै ठक्कर दिएको हो । दुर्घटनामा घाईते दुवैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराको साहारा अस्पतालमा उपचार हुन नसके पछि मणिपाल अस्पताल लगेको हो ।

विन्ध्यवासीनि मावि बरपाटनमा परिक्षा दिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो । सडक फराकीलो भएको र स्पीडमा हाकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

अहिले प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । आक्रोशित भिडले बसको सिसा फुटाएका छन् भने बसमा आगो समते लगाएका थिए । तोड्फोेड गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कमेन्टहरु
Loading...