Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

पोखराका अर्चलबोटमा दुर्घटना, कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई युवा दुर्घटनामा

1 97

पोखरा, ८ असार /पोखरा लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै बसले स्कुटलाई ठक्कर दिदा दुई जना गम्भिर घाइते भएका छन् । पोखराको माउण्ट अन्नपूर्ण माविमा अध्ययनरत रुपेश थापा र शिशिर थापा बरपाटन स्थित बिन्ध्यावासिनी माविमा परीक्षा दिएर फर्किदै गर्दा उनीहरु सवार स्कुटरलाई बसले ठक्कर दिएको थियो ।

बाग्लुङबाट काठमाडौं जादै गरेको ना ५ ख ९५०५ नम्बरको बसले बिद्यार्थी सवार ग १२ प ३८२७ नम्बरको स्कुटरलाई पोखराको अर्चलबोट नजिकै ठक्कर दिएको हो । दुर्घटनामा घाईते दुवैलाई उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराको साहारा अस्पतालमा उपचार हुन नसके पछि मणिपाल अस्पताल लगेको हो ।

विन्ध्यवासीनि मावि बरपाटनमा परिक्षा दिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो । सडक फराकीलो भएको र स्पीडमा हाकेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

अहिले प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । आक्रोशित भिडले बसको सिसा फुटाएका छन् भने बसमा आगो समते लगाएका थिए । तोड्फोेड गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

Advertisements
You might also like

Leave a Reply (कमेन्ट गर्नुहोस्)

  1. Rajendra says

    पत्रकार महोदय पेशामा बिश्वसनियताको ठुलो महत्व हुन्छ, तपाईंले लेख्नुभयको बिध्यार्थी दुर्घटना को खबर मा माउन्ट अन्नपूर्ण क्याम्पसका नभै अन्य कुनै स्कुलका बिध्यार्थी भयको कुरालाइ सच्चाइ दिनुहोला। यथार्थ बुझेर मात्र लेख्नुहोला।