पोखरामा बम डिस्पोज गर्दा नेपाली सेनाका नायक घाईते

पोखरा, ५ बैशाख /पोखराको नदीपुर स्थित प्रदेशसभा भवन गेट अगाडी सडकमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा एक नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका छन् ।

डिस्पोज गर्ने तयारी गर्दै गर्दा नेपाली सेना कै बारुद पड्कीदा थापा घाइते भएका हुन् । उनको हातका औलाहरु चुडिएका छन् ।

नदी पुरमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।

उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । उनको पोखराको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्टहरु
Loading...