पोखरामा बोलबम, शिव मन्दिरहरुमा भत्तजनहरु भिड

सागर राज तिमिल्सिना
पोखरा, २ साउन/पोखरामा साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर अन्य शिव मन्दिरहरुमा शिवको पुजा आरधना र जल चढाउने भक्तजनहरुको ठुलो मात्रामा छन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भत्तजनहरुले शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका छन् ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले आयोजना गरेको बोलबम शिवपथ जलयात्रामा उलेख्य भक्तहरुको उपस्थिति रहेका छ । बोलबम यात्रा गाईघाटबाट सुरु भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेको हो ।

पोखरामा बोलबमः तस्विर सञ्जय शाक्य
पोखरामा बोलबमः तस्विर सञ्जय शाक्य

गेरुबस्त्र धारण गरेका र्यालीका सहभागीहरुले भगवान शिवको महिमा सम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरे । गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण पुजा सगै जलापर्ण गर्ने गर्दछन् । साउनको महिनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

कमेन्टहरु
Loading...