पुलका स्टिल चर्किने र भाँचिए पछि बिजयपुरको पुल खतरामा

सागर राज तिमिल्सिना
पोखरा, २६ फागुन /पोखराको मुख्य प्रबेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल जोखीम परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाचिने भए पछि पुल खतरामा परेको हो । पुलको बेलैमा समस्या समाधान नगर्ने हो भने पुल भाचिने सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले बताए ।

‘पुलको समस्यालाई बेलैमा समाधान भएर न भने पुल क्यास हुन्छ,’ उनले भने – ‘स्टिल ब्रिजमा यस्तो समस्या आएको नेपालमा पहिलो पटक हो ।’ उनले पुलका बटम कड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाचिने बताए । ‘पुलमा रंग लगाउने काम चलिरहेको थियो,’ उनले भने ‘रंग लागउने क्रममा चर्किएको देखीयो, कतै वल्डिङ गरेको ठाउँमा त कतै बटम कटको स्टिलमा ने चर्किएको देखीयो ।’

‘गत शुक्रबार बटम कट चर्किएको देखेपछि सोमबारबाट पुलका मर्मत सम्भार गर्ने थालेका छौ,’ उनले भने – ‘पुलमाथीको भार शुन्य बनाएर मर्म गर्नु पर्ने हो तर बैकल्पिक बाटो नहुदाँ पुलमाथीबाट सवारी आवतजावत गर्दा पुल काम गर्न कठिन भएको छ ।’ गत शुक्रबार चर्किएको ठाउँ यो शुक्रबार सम्म अझ बढि चर्किएको देखीको उनले बताए ।

पोखराको बिजयपुरको पुल खतरामा
पोखराको बिजयपुरको पुल खतरामा

सवारी आवत जावतलाई नरोक्ने हो भने पुल भाचिन सक्ने उनको भनाई थियो । ‘हामीले १० टन भन्दा बढि भार बोकेका सवारीलाई रोक्न प्रशासन सगँ अनुरोध गरेका छौ,’ उनले भने ‘तर ७० टन बोकेका सवारीहरु गुडिरहेका छन्, जसले गर्दा पुल खतरामा छ ।’ पुलको पुलमहाशाखाको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य, पुलचोक इन्जिनियरी कलेजका सिभिल प्रमुख भरत मण्डल, पुलमहाशाखा प्रमुख दिपक कुमार भट्टराईको टोलीले अध्ययन गरेको छ ।

पोखरा २६ र पोखरा १४ जोड्ने पुलबाट दैनिक पोखरामा ६ हजार भन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् । पोखरा छिर्ने एकमात्र ठुलो पुल जोखिममा परे पछि त्यसलाई निर्माणका लागि शनिबार देखी विजयपुर खोलामा कल्भट बनाउने तयारी रहेको उनले बताए । उनले अहिले पुललाई तलबाट टेका दिएर चर्केको ठाउँमा वल्डिङ गर्ने काम भइरहेको बताए । पुलमाथि शुन्य भार बनाएर काम गर्दा करिब १ महिना समय लाग्ने उनको भनाई थियो ।

प्रारम्भिर अध्ययन अनुसार पुलको बटम कटको फलाम नै फेर्न पर्ने देखीको उनको भनाई छ । नेपालमा पछिल्लो समयमा स्टिल ब्रिज नै निमार्ण हुदै आएका छन् । २०५९ लाखमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ ।

कमेन्टहरु
Loading...