पोखराको बिजयपुरको पुल खतरामा

सागर राज तिमिल्सिना
पोखरा, २५ फागुन /पोखराको मुख्य प्रबेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल जोखीम परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाचिने भए पछि पुल खतरामा परेको हो ।

पुलको बेलैमा समस्या समाधान नगर्ने हो भने पुल क्यास हुने सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले बताए । उनले पुलका बटम कड र क्रस मेम्बर करिब ८ ठाउँमा चर्किने र भाचिने गरेको बताए ।

पोखरा २६ र पोखरा १४ जोड्ने पुलबाट दैनिक पोखरामा ६ हजार भन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् । पोखरा छिर्ने एकमात्र ठुलो पुल जोखिममा परे पछि त्यसलाई निर्माणका लागि कार्यालयले काम थालेको पोख्रेलले बताए । उनले अहिले पुललाई तलबाट टेका दिएर चर्केको ठाउँमा वल्डिङ गर्ने काम भइरहेको बताए ।

पुलमाथि शुन्य भार बनाएर निर्माण गर्नु पर्ने उनको भनाई छ । त्यसका लागि विजयपुर खोलामा पुल भन्ना केहि माथिबाट कल्भट बनाएर सवारी आवत जावत गर्ने व्यवस्था मिलाउन लागेको बताए । पुलमाथि शुन्य भार बनाएर काम गर्दा करिब १ महिना समय लाग्ने उनको भनाई थियो ।

प्रारम्भिर अध्ययन अनुसार पुलको बटम कडको फलाम नै फेर्न पर्ने देखीको उनको भनाई छ । नेपालमा पछिल्लो समयमा स्टिल ब्रिज नै बन्दै आएको र यस्तो प्रकारको समस्या पहिलो पटक आएको उनले बताए ।

अहिले पुलबाट ठुला भारबहान भएका सवारीलाई आवत जावतमा रोक लागएको उनले बताए । २०५९ लाखमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ ।

कमेन्टहरु
Loading...