विद्युत कार्यालयको गेटमा विद्यार्थीको धर्ना, करेण्ट लागेका बस्ताकोटीलाई काठमाडौ लगियो

पोखरा, २७ साउन /बिहीबार पोखरामा गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार चुडिएर करेण्ट प्रवाह हुदा मोटरसाइकल चालक गम्भीर घाइते भएको विरोधामा विद्यार्थी र शिक्षकले विद्युत कार्यालयमा धर्ना दिएका छन् ।

बिहीबार पोखरा ११ रानीपौवामा विद्युतको तार चुडेर गुडिरहेको मोटरसाइकलमा करेण्ट प्रवाह हुदा पोखरा लेखनाथ २० भलाम बस्ने २६ वर्षका विष्णु बस्ताकोटी गम्भीर घाइते भएका थिए । महेन्द्रपुल हुदै रानीपौवा तर्फ जादै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइकल चालक बस्ताकोटीको ज्यानमा करेन्ट करेन्ट प्रबाह भइ आगो लागेको थियो ।

घाइते बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयका शिक्षक रहेको र स्कुलबाट छुटरे घर जाने क्रममा रानीपौवामा एक्कासी बिजुलीको तार चुडेर ज्यानमा परेपछि उनको शरीरमा आगो लागेको देखेपछि स्थानियले उनलाई तत्काल हस्पिटल लगेका थिए ।

विद्युत कार्यालयको गेटमा विद्यार्थीको धर्ना, करेण्ट लागेका बस्ताकोटीलाई काठमाडौ लगियो
विद्युत कार्यालयको गेटमा विद्यार्थीको धर्ना, करेण्ट लागेका बस्ताकोटीलाई काठमाडौ लगियो

सोही विषयलाई लिएर शिशु निकेतन विद्यालयका शिक्षक र विद्यार्थीले पोखरा लेखनाथ महानगरपालिका ५ मा रहेको विद्युत प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले दोसीलाई कडाकार्वाही, निःशुल्क उपचार तथा उचित न्यायको मागको माग राखेका छन् ।

घाईते बस्ताकोटीको मणिपाल शिक्षण अस्पतालमा उपचार हुन नसके पछि काठमार्डौको ग्राण्डी अस्पतालमा उपचारका लागि लगिएको छ ।

 

कमेन्टहरु
Loading...