बेगनाथ तालमा विदेशीको शव फेला

पोखरा, २६ माघ /लेखनाथको बेगनासतालमा विदेशी महिलाको शव भेटिएको छ । अन्दाजी २७ बर्षको जस्तो देखिने विदेशीको शव भेटिएको र पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

विहान ११ बजे स्थानियले तालमा शब तैरीरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको उद्धार टोलीले तालबाट शब बाहिर निकालेपनि पहिचान खुलेको छैन । शबको साथमा कुनैपनि कागजपत्र नरहेकाले पहिचान गर्न मुस्किल भएको प्रहरीले जनाएको छ ।

महिलाको शरिरमा कहिकतै कुनैपनि चोट नलागेको प्रहरीको भनाई छ । शब हेर्दा सोमवार तालमा डुवेको अनुमान लगाईएको छ । तालमा आफै खसेको वा कसैले खसालेको भन्नेवारे अनुसन्धान पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...