अन्नपूर्ण पदमार्गका पर्यटन मजदुरहरुको आन्दोलन स्थगित

पोखरा, १५ असोज / अन्नपूर्ण पदमार्ग क्षेत्र काम गर्ने मजदुरहरु विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पर्यटन मजदुरहरुले आन्दोलनका सम्पूर्ण

कार्यक्रम फिर्ता लिएका छन् । अन्नपूर्ण पदमार्ग क्षेत्रको अन्नपूर्ण ११ टाडापानी, देउराली, सिप्रुङ, मनाङ र मनास्लु क्षेत्रमा गत असोज १ गतेबाट खानाको

रकम एकमुष्ट रकम उठाउने र कुपन दिएर मात्रै खाना खुवाउने लगायत अन्य विषयमा उत्पन्न समस्याहरुले आफूहरु मर्कामा परेको भन्दै मजदुरहरु

आन्दोलनमा उत्रिएका थिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, टाडापानी पर्यटन व्यबस्थापन समिति अन्नपूर्ण गाउँपालिका ११ धान्द्रुक, टे«किङ एजेन्सिज

एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षत्रीय संघ पोखरा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र विभिन्न पर्यटन मजदुर संघ, संगठनहरु,

पर्यटन प्रहरीका प्रतिनिधिबीच आइतबार छलफल पछि सहमति जुटेको हो । सहमतिसँगै मजदुरहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

सरोकारवाला पक्षहरु बसी छलफल पछि युनिट्राभ गण्डकी प्रदेश कमिटि र अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीले घोषणा गरेका संयुक्त

आन्दोलनका सबै कार्यक्रम स्थगित भएको सहमतिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...