अवैधरुपमा पोखरा बस्दै आएका रसियन नागरिक पक्राउ

190

पोखरा, १७ असार /अवैधरुपमा पोखरामा वस्दै आएका रसियन नागरिकलाई प्रहरीले पक्राउ गरेकोछ ।

पर्यटन प्रहरी कार्यालय पोखराबाट खटिएको एक टोलीले नागरिकता , पासपोर्ट र भिसा लगायतका कुनै पनि कागजात विना वस्दै आएका रसियन नागरिक निकोलाय ओलेगबीच भोर्नेभलाई पोखरा ६ खहरेबाट पक्राउ गरेको हो ।

पोखराको पर्यटकीय स्थल लेक साईड क्षेत्रमा माला, क्यूरियो लगायतका सामाग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई आवश्यक कार्वाहीको लागि अध्यागमन कार्यालय पोखरामा बुझाएको प्रहरीले जनाएकोछ ।

पक्राउ परेका उनलाई अध्यागमन विभाग काठमाडौं पठाइएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...