सुबिधा सम्पन्न नयाँ टावरमा सेलवेज (फोटो फिचर)

गोकुल बानियाँ, पोखरा, १ माघ । सेलवेज सुपरमार्केटको नयाँ शाखा पोखराको चिप्लेढुंगामा बुधबारदेखि विधिवत सञ्चालनमा आएको छ । चिप्लेढुङ्गा स्थित सुबिधा सम्पन्न भबनमा थप सुबिधा सहितको शाखा सञ्चालनमा ल्याईएको सञ्चालक सुशिलमान प्रधानाङ्गले बताए ।

selways 1 copyनयाँ शाखाको जेष्ठ नागरिक तथा सँस्कृतिकर्मी सर्वज्ञमान प्रधानाङ्गले उद्घाटन गरेका हुन् । विक्रम सम्बत २०१५ मा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष समेत भएका उनि सञ्चालक सुशिलका हजुरबुवा हुन् । सञ्चालनको सुरुवाति अबसरमा सामान अनुसार ५ देखि १५ प्रतिशत सम्म छुटको ब्यबस्था गरिएको प्रधानाङ्गले बताए । दैनिक उपभोग्य खाद्यान्नको मात्रै विक्रिवितरण गर्दै आएको सेलवेजले नयाँ ‘सेलवेज टावर’ मार्फत अन्य वस्तुहरुको समेत विक्रिवितरण सुरु गरेको छ ।

सेलवेज टावरको ग्राउण्ड फ्लोरमा खाद्यान्न सामाग्री राखिएको छ । विश्वविख्यात र ब्राण्डेड सामाग्रीहरु विक्रिवितरण गर्ने दाबी गरेको सेलवेजले पहिलो तल्लामा विद्युतिय समाग्री, दोस्रो तल्लामा महिला पहिरन,कस्मेटिक्स र ऋंगार सामाग्रीहरु राखेको छ भने तेस्रो तल्लामा पुरुषहरुका लागि पहिरनहरु, र चौथो तल्लामा बालबालिकाको लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु राखेको छ ।

selways 2 copyनवनिर्मित भवनको पाँचौ तल्लामा भने सेलवेजले रेस्टुरेन्ट संचालनमा ल्याएको छ । पोखरा भ्यू रेस्टुरेन्ट नाम दिएर सेलवेजले अन्तराष्ट्रियस्तरको रेस्टुरेन्ट संचालनमा ल्याएको हो । चिप्लेढुंगास्थित यो भवन पोखराकै स्तरिय र विशिष्ट शपिङ केन्द्र भएको संचालक प्रधानाङ्गको दाबि छ । ७ तले भवनमा लिफ्टको पनि ब्यबस्था छ ।selways 3 copy
नयाँ सञ्चालनमा आएपनि पुरानो स्थानको सेलवेज स्टोर पनि यथावत रहने बताईएको छ । आफ्नो व्यापारलाई अन्य डिपार्टमेन्टल स्टोर्ससंग प्रतिस्पर्धी बनाउन पनि नयाँ अवधारणा सहित सेलवेजलाई विस्तार गरेको संचालक सुशिल प्रधानाङ्गले जानकारी दिए ।selways 4 copy

२०४९ सालदेखि पोखराको चिप्लेढुंगाबाट व्यापार शुरुवात गरेको सेलवेजको काठमाण्डौको पुलचोक, महाराजगंज, ललितपुरमा पनि शाखा रहेका छन् । केहि महिनाभित्रै ललितपुरको सातदोबाटो र पोखराको लेकसाईडमा समेत शाखा विस्तार गर्ने प्रधानाङ्गले बताए ।

selways 5 copy
सेलवेजका विभिन्न स्टोर्सहरुमा हालसम्म १ अर्ब भन्दा बढि लगानी भएको संचालकले बताएका छन् । हाल सेलवेजमा ४ सय ५० जनाले रोजगारी पाईरहेका छन् । अन्य शाखा विस्तारसंगै यो कम्पनीले रोजगारीको संख्या ८ सय पु¥याउने लक्ष्य राखेको छ । कम्पनीले सम्पुर्ण शाखाको एकमुस्ट कर वार्षिक १ करोड रुपैँया बराबर तिर्दै आएको दाबी गरेको छ ।

कमेन्टहरु
Loading...