केसीले १४ दिनमा अनशन तोडे, देशभरका अस्पतालमा सेवा सुचारु

govinda kcकाठमाण्डौ १० माघ, । १४ दिनपछि प्राध्यापक डा. गोविन्द केसीले अनशन तोडेका छन् । माग सम्बोधन गर्न सरकार तयार भएपछि डा। केसी अनशन तोड्न राजी भएका हुन् ।

हाडजोर्नीकी विरामी भक्तपुरकी ७ बर्षीय बालिका एलिशा थापाको हातवाट जुस पिउँदै डा। केसीले अनशन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयमा विहान सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघले हिजो भएको सहमतिलाई अन्तिमरुप दिएपछि केसीले अनशन तोड्न सहमत भएका हुन् ।

सहमति भएसंगै बास्कोटासहितको सरकारी टोली डा। केसीलाई अनशन तोडाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । सचिव बास्कोटाले अनशनस्थलबाट नै सहमतिका बुँदा पढेर सुनाएपछि डाक्टर केसीले हाडजोर्नीकी विरामी बालिका एलिशा थापाको हातवाट जुस पिउँदै अनशन तोडेका हुन् । छलफलमा सरकार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० को डीन बरिष्ठताका आधारमा गर्ने सहमति भएको छ । केसीले राजीनामा दिएका डीन डा। प्रकाश सायमीलाई नै पुनःबहाली वा बरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने माग अघि सारेका थिए ।

सरकार लचिलो हुँदै केसीले भनेजस्तै गरी बरिष्ठताका आधारमा चिकित्सकलाई डिनमा नियुक्ती गर्न सहमत भएको हो ।  सहमतिमा सरकारी वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव बास्कोटा र चिकित्सक संघका अध्यक्ष डा।अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । यसअघि गएराति साढे ११ बजे अनशनस्थलमा पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक बास्कोटाले गएरातिसरकारका तर्फबाट माग पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

 चिकित्सक संघको आन्दोलन फिर्ता

सरकारले माग पूरा गर्ने प्रतिवद्दता जनाएको भन्दै डाक्टर केसीले १४ दिनमा अनशन तोडेपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । डा केसीले उठाएका माग पूरा गराउन भन्दै संघको आहृवानमा देशभरका चिकित्सक आन्दोलनमा उत्रेका थिए ।

नेपाल चिकित्सक संघका महासचिव मुक्तिराम श्रेष्ठले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जनाउँदै शुक्रबारबाटै सबै सेवा सुचारु हुने बताए । महासचिव श्रेष्ठले चिकित्सक संघको तर्फबाट विज्ञप्ती निकालेर देशभरका स्वास्थ्यकर्मीलाई काममा फर्कन आहृवान गरिने बताए । ‘हामीले उठाएका मागहरु पूरा गर्न सरकार सहमत भएकाले आन्दोलनमा रहेका सबै चिकित्सकहरुलाई अस्पताल फर्कन आहृवान गर्छौ ‘ महासचिव श्रेष्ठले भने ।

 

 

 

कमेन्टहरु
Loading...