अंग्रेजी भाषा क्षमता प्रतियोगितामा ज्ञानज्योति विद्याकुञ्ज प्रथम

पोखरा, १७ भदौं / नेशनल प्याव्सान कास्कीले आयोजना गरेको पहिलो अग्रेजी भाषा क्षमता प्रतियोगितामा

ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम भएको छ । दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा डायमण्ड मोडल स्कूल

द्धितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र साइनि· स्टार सेकेण्डरी वोर्डिङ स्कूल सान्त्वना भएको छ ।

नेशनल प्याव्सानमा आवद्ध विद्यालयबीच गरिएको उक्त प्रतियोीगतामा ४० विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिता विद्यार्थीको क्षमता अभिवृद्धि गर्न कोषेढु·ा सावित भएको एन प्याव्सानका अध्यक्ष रामबहादुर मोचीले

जानकारी दिए । प्रतियोगितामा प्रमुख सहजकर्तामा शेरबहादुर क्षत्री, र शशिधर बराल रहेका थिए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका अंग्रेजी विभाग प्रमुख विश्वराज अधिकारीले विद्यार्थीका क्षमता अभिवृद्धि

गर्नका लागि एन प्याव्सान अग्रपंक्तिमा रहेको उल्लेख गरे। नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर

मोचीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव मनकाजी गुरुङले स्वागत, उपाध्यक्ष तथा

सहअतिक्तिक्रियाकलाप प्रमुख शिवदत्त तिवारीले धन्यवाद र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन

गरेका थिए ।

कमेन्टहरु
Loading...