शुभकामना कपबाट ९ लाख बचत

हेमजा ३, असार/हेमजा युनाइटेड पोखरा २९ हेमजाले शुभकामना कप २०७३ बाट ९ लाख ५८ हजार २५ रुपैया बचत गरेको छ । हेमजा युनाइटेडले २०७३ बैशाख १ गते देखि ७ गते सम्म सञ्चालन गरेको शुभकामना कपबाट १८ लाख २६ हजार ८ सय ५८ रुपैया रकम संकलन गरेको थियो ।

८ लाख ६८ हजार ८ सय ३३ रुपैया खेल सञ्चालनार्थ खर्च भएको छ र ९ लाख ५८ हजार २५ रुपैया बचत भएको जानकारी दिएको छ । क्षेत्र नं ४ मा प्रस्तावित हेमजाको गौरीशंकर खेलमैदानलाई राष्ट्रिय स्तरको खेलकुद मैदान बनाउने विषयमा समेत छलफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल खेलुकद विकास समितिका अध्यक्ष खगराज पौडेलले कास्की जिल्लाका चार निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र नं १ मा लेखनाथको भण्डारढिक, क्षेत्र नं २ मा भलाम र क्षेत्र नं ३ मा मालेपाटनको खेलकुद मैदानमा आवश्यक विकास निमार्णका कार्यहरु भइरहेको जानकारी दिए ।

शुभकामना कपबाट ९ लाख बचत
शुभकामना कपबाट ९ लाख बचत

पौडेलले क्ष्ँोत्र नं ४ को प्रस्तावित क्षेत्रीय खेलमैदान हेमजाको गौरीमा निमार्णका लागि डिपार भइरहेको र डिपार सकेपश्चात पिपिआर मोडल गरी खेलमैदानलाई व्यवस्थित बनाउन बजेटको लागि अगाडी बढाउने बताए । हेमजा युनाइटेडका अध्यक्ष इन्द्र प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ट फुटवल प्रशिक्षक कृष्ण थापा, नेकपा एमाले कास्कीका जगन्नाथ बाँस्तोला, नेकपा एमाले क्षेत्र नं ४ सभापति विष्णु के.सी , हेमजा गाविसका पुर्व अध्यक्षहरु शोभाकर तिमिल्सिना, रामचन्द्र त्रिपाठी, नेपाली काँग्रेस वडा नं २७ सभापति दानबहादुर थापा, हेमजा युनाइटेडका संस्थापक अध्यक्ष विजय के.सी लगायतले मैदानका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...