आयोजक हेमजा–११ ‘ए’ र एविसी शुभकामना कपको सेमिफाइनलमा

पोखरा, ५ वैशाख/ आयोजक हेमजा–११‘ए’ हेमजामा जारी शुभकामना कप २०७५ मा सेमिफाइनलमा प्रवेश गरेको छ। बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा इन्द्रेणी एकिकृत विकास केन्द्रलाई ३–२ ले पराजित गर्दै आयोजक हेमजा–११ ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलमा हेमजा–११‘ए’ का जर्सी नंं. ११ का समिर कार्कीले खेलको १८ र ६९ मिनेटमा दुई गोल गरे। त्यस्तै जर्सी नं. १५ का जिवन गुरुङ इन्जुरी समयमा एक गोल गर्दै आफ्नो टिमलाई अन्तिम चारको स्थान सुरक्षित गराए। यता इन्द्रेणी एकिकृत विकास केन्द्रका जर्सी नं. ७ का रोहन लामाले दुई गोल गरेपनि क्वाटरफाइनलबाटै वाहिर प¥यो। लामाले खेलको ६४ र इन्जुरी समयमा दुई गोल गरेका थिए। खेलमा हेमजा–११ ‘ए’ का समित कार्की म्यान अफ दि म्याच घोषित भए।

बुधवार नै भएको दोस्रो खेलमा सहारा क्लबलाई हराउँदै अमरसिंह व्याईज क्लब अन्तिम चारमा प्रवेश गरेको छ। खेलको ९ मिनेटमा सहारा क्लबका जर्सी नं. ५ का खेलाडी सन्दिप श्रेष्ठको डि एरिया भित्र ह्याण्ड भएपछि अमरसिंह व्याईज क्लबले पेनाल्टी पायो। जर्सी नं. १५ का अनिष तामाङले पेनाल्टीलाई सहि सदुपयोगगरी खेललाई अग्रता कायम गराए।

गोलसँगै दवावमा परेको सहारा क्लबले थुप्रै अवसर पाएपनि गोलमा परिणत गर्न सकेन। इन्जुरी समयमा अमरसिंह व्याईज क्लबका जर्सी नंं ११ का सागरकुमार प्रदानले अर्को गोल गर्दै अन्तिम चारको स्थान सुरक्षित गरे। उक्त खेलमा अमरसिंह व्याईज क्लबका गोल किपर हिमाल गुरुङ म्यान अफ दि म्याच घोषित भए।

यसैगरी अविरल वर्षाका कारण मंगलवार स्थिगित भएको खेलमा एलजी एशोसिएसनले नव आदर्श सामुदायिक विकास केन्द्रलाई ५–४ गोल अन्तरले पराजित ग¥यो। खेलमा एलजी एशोसियसनका सञ्जय बुढाथोकीले दुई, विश्व गुरुङ, सूर्यमान मगर र सिंकेमान तामाङले एक/एक गोल गरेका थिए।

आदर्श सामुदायिकका मिलन गुरुङले ह्याट्रिक गरे भने सुविन गुरुङले एक गोल गरे। उक्त खेलमा एल जी एशोसियसनका गोविन्द थापा म्यान अफ दि म्याच घोषित भए। बिहीवारको पहिलो खेल स्या·जा वालि· युनाईटेड र पश्चिम पृतनापति तथा दोस्रो खेल एलजी एशोसियसन र हेमजा–११ ‘वि’ बीच हुने हेमजा युनाईडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

कमेन्टहरु
Loading...