महिला पर्यटन ब्यवसायि मञ्चका (वोटेफ) सदस्यलाई प्रभावकारी संचार सिप

पोखरा, ७ भदौ / महिला पर्यटन ब्यवसायि मञ्च (वोटेफ)का सदस्यलाई एक दिने प्रभावकारी संचार सिप विकास

तालिम प्रदान गरिएको छ । पर्यटन क्षेत्रमा क्रियाशिल ब्यवसायी महिलाहरुलाई ब्यवसायीक क्षमता प्रवद्र्धन

गर्न उदेश्यले सो तालिम संचालन गरिएको हो ।

तालिमको समापन समारोहमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पछिल्लो समय पर्यटन

क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै जानु सकारात्मक भएको बताए । शर्माले हिजो घरदेखि बाहिर निस्कन

आनाकानि गर्ने महिलाहरु आज ब्यवसायिक पहिचानका साथ संगठित रुपमा अघि बढ्दै नेतृत्व हासिल गर्न

सफल भएको धारणा राखे । सामाजिक न्यायकालागि महिला पुरुष दुबैको समान सहभागित आवश्यक रहेको

उनको भनाई थियो । उनले भने ‘सामाजिक परिवर्तन पुरुषबाट मात्रै सम्भव हुँदैन त्यसैले हरेक क्षेत्रमा महिला

पुरुषको सहअस्तित्व आवश्यक छ ।’ उनले प्रभावकारी संचार सिप र नेतृत्व विकास तालिम ब्यवसायिक क्षेत्रमा

थप प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

सहभागिको तर्फबाट बोल्दै मञ्जु ढुंगाना, स्वेता रानाभाट, आरती त्रिपाठीले एक दिने प्रभावकारी संचार सिप एवं

नेतृत्व विकास तालिमले ब्यवसायिक रुपमा अगाडि बढ्न संचारको भुमिकाको बारेमा जानकारी लिन सफल

भएको धारणा राखे ।

कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारी, पम्फा पहारी र सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना

भट्टराई लगायतले प्रभाकारी संचारले नै नेतृत्व विकास हासिल हुने भन्दै सिकेको कुरालाई ब्यवहारमा लागु गर्न

आग्रह गरे  पर्यटन ब्यवसायी विकल्प बोगटिले संयोजन गरेको तालिममा अन्तराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक

अनिता गुरुगंले प्रभावकारी संचार सिप र नेतृत्वको विविध विषयमा सहजीकरण गरेकी थिइन् ।

महिला पर्यटन ब्यवसायि मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वागत

उपाध्यक्ष पार्वती पाण्डे र संचालन सचिव उमा भण्डारीले गरेकी थिइन् । कार्यक्रममा संस्थाका ६० जना

सदस्यहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...