बम्पर उपहारमा हिरो डियुट् स्कुटर कस्लाई प¥यो ? यो टिकट नं. ७४८

पोखरा, २५ मंसिर/ पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार समापन भएको छ । मेला समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आर्थिक चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।

गण्डकी प्रदेशको राजधानि पोखरा भएको कारणले पनि यहाँ आयोजित मेलाले विशेष महत्व राखेको बताउँदै व्यावसायिक सुदृढीकरणका लागि वाणिज्य संघले यस किसिमका मेलालाई निरन्तरता दिन आग्रह गरे । गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले कार्यक्रममा सम्बोधन गर्दै नीजि क्षेत्रसँगको सहकार्यमा मात्रै प्रदेशले समृद्धि हाँसिल गर्न सम्भव भएको बताए ।

संघका पूर्वअध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य थापाले वाणिज्य संघको विगत लामो दशकदेखिको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, भौतिक पूर्वाधार निर्माण प्रक्रियाको अगुवाईले पछिल्ला दिनहरुमा सार्थकता पाइरहेको सुनाए । संघका अध्यक्ष दामु अधिकारीले मेला मार्फत उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्ने उद्देश्यले आयोजित मेला सोही अनुरुप लक्ष्य प्राप्त गर्न सफल भएको बताए ।

‘पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा मेलाले सघाउ पु¥याएको छ,’ उनले भने, ‘पोखराको पर्यटकीय सम्भावना उजागर गर्ने यसको मूल उद्देश्यमा समेत मेला अर्थपूर्ण साबित भएको छ ।’

मेला सम्पूर्ण रुपमा सफल बनाउन सरकारी सेवाप्रदायक निकाय सहित सामाजिक संघसंस्थाको सहयोग प्रशंसनिय रहेको उनले सुनाए ।
वर्षेनी आयोजना हुँदै आइरहेको साविकको राष्ट्रिय औद्योगिक व्यापार मेला भनेर नाम नै सुन्दा दुख लागेको संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले बताए ।
सफल एक्स्पो परिष्कृत स्वरुप भएता पनि संघले आफूले विगतमा आयोजना गर्दै आइरहेको कार्यक्रमको अपनत्व विकास गर्न र त्यसको सार्थकता कायम राख्नतर्फ सचेत रहन आयोजकको ध्यानाकर्षण गराए । त्यस्तै, मेला समापन समारोहमा बम्पर उपहार समेत खोलिएको छ । बम्पर उपहार हिरोको ड्युट स्कुटर टिकट नं. ७४८ लाई परेको महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

रु. ४० को टिकमा सो उपहार पर्न सफल भाग्यशाली बिजेताले टिकटको अर्धकट्टी सहित १५ दिन भित्र संघको सचिवालयमा सम्पर्क गर्न सूचित गरिएको छ । दैनिक टिकट अन्तर्गत २३ गते अवलोकन गर्ने टिकट नं. १८०५० को दर्शकलाई १५० लिटरको एलजि रेफ्रिजेरेटर, त्यस्तै २४ गतेको टिकट नं. १९२४९ लाई युरोगार्ड परेको आयोजकले जानकारी दिएको छ । उक्त पुरस्कार दाबि गर्न अर्धकट्टी सहित तिन भित्र संघको सचिवालयमा उपस्थित हुन सूचित गरिएको छ ।

त्यस्तै मेला अवधिभर सञ्चालन भएका विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत रत्यौलि प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।
उक्त प्रतियोगितामा नमूना आमा समूह हेम्जा प्रथम स्थान हाँसिल गर्न सफल भई नगद रु. ३० हजार र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो स्थान आर्वा विजय दिदी बहिनी समूहले हाँसिल गरी नगद रु. २० हजार र प्रमाण पत्र प्राप्त गर्न सफल रह्यो । तृतिय र सान्त्वना पुरस्कार क्रमशः महिला मिलन आमा समूह नदीपुर र नमूना कृषि समूह लेखनाथले प्राप्त गरे उनीहरुले क्रमशः नगद रु. १० हजार र नगद रु. ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

दोहोरी गीत प्रतियोगितामा हाम्रो दोहोरी साँझ पृथ्वीचोकले प्रथम स्थान प्राप्त गर्न सफल बन्यो । जसले नगद रु. ५१ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । द्वितीय, तृतिय र सान्त्वनाका लागि क्रमशः दोहोरी गीत प्रतिष्ठान स्याङ्जा, प्रतिष्ठान बागलुङ, सुमन केसी समूह सफल रहे र उनीहरुले क्रमशः नगद रु. ३१ हजार, नगद रु. २१ हजार र नगद रु. ११ हजार सहित प्रमाण पत्र प्राप्त गरे ।

मेला अवधिभर विभिन्न स्टल स्थापना गरी बिक्री एवं प्रदर्शनी गरेका ८ स्टललाई पुरस्कृत गरिएको थियो । संघले थप संस्करणको सफल एक्स्पो पोखरा आगामि वर्ष २०७६ मंसिर १८ देखि २८ गतेसम्म सञ्चालन गर्ने मिति तय भएको जनाएको छ ।

कमेन्टहरु
Loading...