प्रदेश ४ को बजेट आज आउदै, १ खर्ब २ करोड

पोखरा, १९ वैशाख /प्रदेश ४ ले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ खर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारीमा छन् ।

बजेट प्रशासनिक खर्च केन्द्रीत हुने भए पनि पर्यटन, उर्जा, कृषि, वन, उद्योग, सडक र पूर्वाधार विकासलाई प्राथमिकताका साथ ल्याउने बताएका छन् ।

बजेट विकासमुखी बजेको तत्कालै खर्च गर्न सकिने ठाउँमा मात्रै योजना बताएको मन्त्रालयले जानकारी दिएको छ । त्यसै विपत व्यवस्थापनका लागि ३ करोडको कोष, स्वास्थ्यका लागि २ करोडको कोष स्थपना गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...