लेखनाथ महोत्सवमा मिलनले नचाए, शनिवार मात्रै २५ हजार दर्शकले अवलोकन गरे

कविता प्रतियोगितामा नारायण प्रसाद गुरुङ्गको देशको व्यथा शिर्षकको कविता प्रथम
लेखनाथ÷मंसिर २९

दशौं लेखनाथ महोत्सवको तेश्रो दिन शनिवारमात्रै २५ हजार दर्शकले अवलोकन गरेका छन् । सार्वजनिक विदानको दिन समेत परेकाले दर्शकहरुको चाप महोत्सवमा देखिएको हो । दर्शकको चाप वढी भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।महोत्सवमा शनिबारमात्रै ५० लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।

lekhanath festivalमहोत्सवमा दर्शकको चापसँगै व्यापारमा समेत वृद्धि भएपछि स्टलराख्नेहरु समेत उत्साहित देखिएका थिए । शनिवार सवैभन्दा वढी रेष्टुरेण्ट र कृषिजन्य उत्पादन तर्फ सुन्तलाको कारोबार राम्रो भएको छ । महोत्सवमा शनिवार मात्रै झण्डै २० हजार केजी सुन्तला विक्री भएको कृषि उपसमितिका संयोजक दयाराम तिवारीले जानकारी दिए ।

यस्तै महोत्सवको थप आकर्षणको रुपमा रहेको कविता प्रतियोगितामा नारायण प्रसाद पोखरेल प्रथम भएका छन् । उनको देशको व्यथा शिर्षकको कविताले प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । यस्तै जमुना आर.सी द्धितिय र इन्द्रराना प्रतिक तृतिय भएका छन् । प्रतियोगितामा लालमणि पोखरेल र नारायण वास्तोला सान्तवना भएको कविता प्रतियोगिता उपसमितिका संयोजक बसन्त मोहन भट्टराईले जानकारी दिए । प्रतियोगितामा ४६ वटा कविता मध्ये २० वटा बाचनका लागि छानिएका थिए । प्रतियोगिताको निर्णायकमा प्राज्ञ रमेश श्रेष्ठ, डा. रविलाल अधिकारी र कृष्ण मुमुक्षु रहेका थिए ।lekhanath festival malin lama

यसैगरी चचित आधुनिक गायक राजेश पायल राइले साढे दुई घण्टा भन्दा वढी स्टेज तताएपछि दर्शकहरुले उनको समर्थनमा चर्को हुटिङ समेत गरेका थिए । गायक राईले आफ्ना लोकप्रिय गीतहरु दर्शन नमस्ते, नानीको चन्चले वानीले लगायतका गित संगितहरु प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए । यस्तै मिलन लामा लगायतका कलाकारले लोकदोहोरी गित प्रस्तुत गर्दा लोकदोहोरी गितका पारखीहरुले साथ दिएका थिए । उनको चर्चित गीत माझीदाई पोखरा फेवातालको गाउँदा दर्शकहरु झुमेका थिए ।

महोत्सवको प्रमुख आकर्षणका रुपमा रहेको विद्यालयस्तरिय लोक नृत्य तारा पुञ्जमा कास्की मोर्डनाईज्ड एकेडेमी उत्कृष्ट हुँदै फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा कास्कीका २१ विद्यालयले सहभागिता जनाएको लोकनृत्य तारापुञ्ज उपसमितिका संयोजक ऋषिराम जमरकट्टेले जानकारी दिएका छन् । महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र सम्मृद्धि भन्ने नाराका साथ मंसिर २७ देखी शुभारंभ भएको महोत्सवमा विभिन्न वस्तु तथा सेवाहरुका तीन सय भन्दा वढी स्टलहरु राखिएका छन् ।

महोत्सवमा आईतवार दर्शकका लागि थप मनोरन्जन गराउन हाँस्यव्यङ्ग तर्फ सुरेन्द्र के.सी मुलाको साग र पानवाला जोगिन्दरको प्रस्तुत रहने छ । यस्तै लोकदोहोरी तर्फ चर्चित लोक दोहोरी गायक वद्री पंगेनी, घनश्याम रिजाल, टेकन क्षेत्री, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, जीवन दाहाल, सरला पाण्डे, तुलसा जि.सी र सिता न्यौपानेले आफ्ना गित संगित प्रस्तुत गर्ने छन् । यसैगरी पप कन्र्सट तर्फ निमा रुम्वा र हेमन्त शर्माले स्टेज तताउने भएका छन् । रुम्वा र शर्मालाई पहिलो गण्डकी तारा मनोज गुरुङले साथ दिने भएका छन् । महोत्सव अवलोकनका लागि आयोजकले ५० रुपैया टिकटको व्यवस्था गरेका छन् । विद्यार्थीका लागि भने ३० रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...