जिल्ला प्रहरी कार्यालय कास्कीको अत्याधुनिक भवन सिलान्यास

पोखरा ,८ फागुन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीमा अत्याधुनिक शैलीको वहुद्देशीय भवन निर्माण गरिने भएको छ । प्रहरी कहा सेवा लिन आउने नागरिकलाई लक्षित गरी अत्याधुनिक प्रतिक्षालय र कास्की जिल्ला भरी जडान गरिने सिसिटिभी क्यामेरा कन्ट्रोल रुम रहने गरी निर्माण हुन लागेको भवनको मंगलवार पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सिलान्यास गरेका छन ।

भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले कास्कीको सम्पूर्ण सुरक्षा दृष्टीलाई मध्येनजर गरी समुदायको प्रत्यक्ष संलग्नता र सहयोगमा निर्माण हुन लागेको भवनले प्रहरी सेवा र कुनैपनि भइपरी आउने घटनाको छानविन गर्नमा सहयोग पुग्ने वताउदै स्मार्ट सिटी र गण्डकी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२२ मा पर्यटक आवागमन वढाउन पनि सहयोग पुग्ने वताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अत्याधुनिक भवन सिलान्यास

मेयर जिसीले सुरक्षाको प्रवन्ध राम्रो भएमा जो कोही पनि स्वदेशी होस या विदेशी पोखरा घुम्न र बस्न कुनैपनि त्रास नहुने भएकाले सिसिटिभी कन्ट्रोल रुमको स्थापना संगै पोखराको पर्यटनले फड्को मार्ने समेत वताए । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रहरीसंग श्रोत साधन नहुदापनि समुदाय संग मिलेर हरेक घटनाहरुको सामना गर्न अफ्ठेरो परिरहेको सन्दर्भमा बहुउद्देशीय भवनमा निर्माण हुने सिसि क्यामेरा कन्ट्रोल रुमले प्रहरीको काम कारबाहीलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन थप टेवा पुग्ने वताए ।

त्यस्तै सामुदायिक जिल्ला समन्वय समितीका अध्यक्ष सोमनाथ बास्तोलाले कास्की प्रहरीले समुदायको सहयोगकै कारण विभिन्न अपराधमा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न सफल भएको वताउदै कस्केली जनताको हितमा रहने बहुउद्देशीय भवन भएकाले कास्केली जनतालाई भवन निर्माणमा सहयोग गर्न अपिल गरिने वताए । त्यस्तै सामुदायिक जिल्ला समन्वय समितीका वरिष्ठ उपाध्यक्ष वोधराज काकीले शिलान्यासको अवसरमा नगद ३१ हजार प्रदान गर्दै आगामी दिनमा पनि सोही रकम बरावरको सहयोग र अन्य संघ सस्था तथा ब्याक्तिहरुलाई समेत सहयोग गर्न आग्रह गर्ने वताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र निर्माण हुन लागेको बहुद्देशीय भवन प्रहरीको मात्र नभइ समग्र जनताको समेत भएकाले कास्कीमा रहेका सम्पूर्ण उद्योगी ब्यवशायी, संघ सस्था, नागरिक समाज, आमा समुह सवैले सहकार्य गरी भवन निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए । गण्डकी धौलागिरी यातायात समन्वय समितीका वरिष्ठ उपाध्यक्ष योगेन्द्र केसीले यातायात ब्यवशायीलाई राज्यले सिण्डिकेट धारी भनेर टीका लगाएको भएतापनि यातायात ब्यवशायी संगै सम्पूर्ण जनताको सुरक्षाका लागी बहुउद्देशीय भवन निर्माण हुन लागेकाले निर्माण समितीले सोचेको भन्दा वढी सहयोग गर्ने प्रतिवद्धता गर्दै प्रहरी र समुदाय संगै सहकार्य गरी आफ्नो ब्यवशायलाई मर्यादित वनाउनतर्फ लाग्ने वताए ।

राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य राजेश गुरुङले कास्की प्रहरीमा प्रहरी प्रमुखको जिम्मा लिएर आएका ओम बहादुर राना मगरले समुदाय संग मिलेर हरेक घटनामा संलग्नहरुलाई कारबाही गर्न सफल भएको वताउदै प्रहरी र समुदाय साझेदारी कार्यक्रम अन्तर्गत बन्न लागेको सिसि क्यामेरा कन्ट्रोल रुम र अत्याधुनिक प्रतिक्षालय निर्माणका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा वोल्दै भवन निर्माणमा इन्जीनियरिङको जिम्मा पाएका इन्जीनियर वावुराम भण्डारीले दुइतले भवनको तल्लो तलामा अत्याधुनिक शैलीको प्रतिक्षालय, तातो चिसो पानी र एसी सहितको रहने र माथिल्लो तलामा कास्की जिल्लामा जडान गरिने झण्डै १२ सयको हाराहारीमा रहने सिसि टिभी क्यामेरा कन्ट्रोल रुम रहने भएकाले भवन निर्माणमा ८० लाख जति अनुमानित बजेट लाग्ने वताए । भवन निर्माण समितीका कोषाध्यक्ष केशव अधिकारीले भवन निर्माणका लागी ८० लाख लाग्ने र उक्त रकम विभिन्न संघ सस्था, ब्याक्ति, समुह, ब्यापारिक प्रतिष्ठान, महानगर लगायत संग संकलन गरिने वताउदै आगामी वैशाखमा भवन निर्माण सम्पन्न गरिसक्ने गरी काम गर्ने वताए ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरक्षक ओम रानाले कास्कीमा आफुभन्दा अगाडीका प्रहरी प्रमुख हरुले पनि सिसि टिभी क्यामेरा जडानलाई प्राथमिकतामा राखेर काम अगाडी वढाएको भएतापनि त्यसले पूर्ण रुपमा सार्थकता नपाइरहेको अवस्थामा आफ्नो कार्यकालमा पोखरा महानगर र विभिन्न संघ सस्था तथा ब्याक्तिहरु संग समन्वय गरी वहुद्देश्यीय भवन निर्माण र त्यसमा पनि अत्याधुनिक भवन सहित सिसिटिभी क्यामेरा कन्ट्रोल रुम बनाउने गरी योजना अगाडी वढाएको र समयमानै भवन निर्माण सम्पन्न गर्ने वताए । उक्त कार्यक्रमको सञ्चालन कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले गरेका थिएभने कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...