गण्डकी विकास बैंकको शाखा धनगढीमा

पोखरा, ७ जेठ/गण्डकी विकास बैकको कैलाली स्थित धनगढी शाखा सञ्चालनमा ल्याएको छ । शाखाको प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । मुख्यमन्त्री त्रिलोचन भट्टले वैकले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनु पर्ने र सो तर्फ विशेष ध्यान दिनु पर्ने बताए । विशेष अतिथीको मन्तव्य राख्दै धनगढी उप महानगरपालिकाका प्रमुख नृप बहादुर वडले गण्डकी सेवा छिटो र छरितो हुनेमा विश्वा व्यक्त गरे ।

नवजिवन सहकारी संस्थाका अध्यक्ष चक्र वहादुर सिंहले शुभकामना दिए । कार्यक्रमको संचालन वुटवल रिजनका क्षेत्रीय प्रमुख मिलन कुमार पुनले गरेका थिए । शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा बताए ।

गण्डकी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पु¥याएको , गण्डकी विकास बैंक लिमिटेडका अध्यक्ष जगन वहादुर गुरुङले जानकारी दिए । बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, SMS, C-ASBA,IPS, Mobile बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

कमेन्टहरु
Loading...