जनताको ढुकुटीमा नेताहरुको रजाइँ

१७ पुस/ नेपाली जनताको ढुकुटी राज्यकोषमा पहुँचवालाहरुको रजाइँ चलेको छ । सरकारले एक बर्षअघि आफै बनाएको कार्यविधि मिच्दै दलका विभिन्न नेता र कार्यकर्ताहरुलाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ।

नागरिकस्तरबाट सरकारको यस्ता क्रियाकलापको विरोध हुँदै आएको छ । तर सरकारले भने दलका नेता कार्यकर्तालाई नियमविपरीत राज्यकोषबाट करोडौं रुपैयाँ बाँडेको बाड्यै छ ।

सरकारले पछिल्लोपटक तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषदका उपाध्यक्ष रहेका तुलसी गिरीलाई २५ लाख रुपैयाँ र नेपाली कांग्रेस नेता तारानाथ रानाभाटलाई ७० लाख रुपैयाँ उपलब्ध गराएको आजको नागरिक दैनिकमा समाचार छ ।

कमेन्टहरु
Loading...