Mangsir 15, /काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई हातपात गरेको र प्रलोभनमा पार्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
बुधबार काठमाडौंको कोटेश्वर, थापाथली, माइतीघर र लैनचौरबाट ५ जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
महाशाखाका अनुसार लाइसेन्स नबोकेका बा २७ प २२०१ नम्बरको मोटरसाइल र बा ७१ प ९७४५ नम्बरको मोटरसाइकल चालकले ट्राफिक प्रहरीलाई पैसा दिन खोजेका थिए ।
यस्तै जाँडरक्सी खाएर बा ४९ प १११३ नम्बरको मोटरसाइकल चलाएका चालकले पनि पैसाको प्रलोभन देखाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बा ५० प ९४६५ र बा ८२ प ८६१२ नम्बरको मोटरसाइकलका चालकलाई भने ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । पक्राउ परेका ५ जना विरुद्ध सार्वजनिक मुद्धा लगाउने तयारी गरिएको प्रहरीले जनाएको छ