वनभोज खान गएका २ समुहबीच भएको झडपका क्रममा बेपत्ता भएका युवाको शव फेला

बर्दिया । बर्दियामा २ समुहबीच झडप हुँदा बेपत्ता भएका १ जना युवाको शव भेटिएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका तथा बारबिर्दया नगरपालिकाका २ समुहबीच वनभोज खान गएको समयमा बबई नदी किनारमा झडप भएको थियो । नदी किनारमा २ समुहबीच झडप हुँदा घाइते भएका बारबर्दियाका विष्णु रनपाल परियार बेपत्ता भएका थिए । २६ वर्षीय परियारको शव बिहीबार बेलुका बबई नदीको नहर चाइना गेट नजिकै भेटिएको प्रहरीले जानकारी दिएको हो ।

कमेन्टहरु
Loading...