‘मालिङ्गो’ गीतमा राजेश र स्मीताको जोडी (भिडियो)

काठमाडौं । गायिका स्मिता दाहालको आवाजको रहेको गित ‘मालिङ्गो’ को भिडियो सार्वजनिक भएको छ ।

गितमा स्मितासंगै संगितकार समेत रहेका राजनराज सिवाकोटीको पनि आवाज रहेको छ ।

गितको भिडियोमा स्मीता र महानायक राजेश हमालको फिर्चड छन् ।

भिडियोमा बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाइको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् ।

भिडियोलाई सम्पादन भुपेन्द्र अधिकारी गरेका हुन् भने निर्देशक सरोज ओली हुन् ।

कमेन्टहरु
Loading...