बिना हेल्मेट मोटरसाइकल चलाउँदा बलिवुड स्टार तपसीलाई जरिवाना

गन्थन डेस्क

भारतीय सिने उद्योग बलिवुडकी चर्चित नायिका तपसी पनुले हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा ट्राफिक प्रहरीको कारवाहीमा परेकी छिन् ।

बुधबार दिउँसो उनी बिना हेल्मेट रोयल इनफिल्डको बुलेट मोटरसाइकल लिएर निस्केकी थिइन् । तस्बिर हेर्दा तपसी सहर बाहिरको कुनै क्षेत्रमा मोटरसाइकल चलाइरहेकी देखिन्छिन् ।

उक्त तस्बिर आफ्नो पेज र इन्स्टामा शेयर गर्दै उनले ‘यो तस्बिर हेल्मेट नलगाई जरिवाना तिर्नु पहिलेको हो’ उल्लेख गरेकी छिन् । यो तस्बिर फिल्म सुटिङको हो वा साँच्चै उनले ट्राफिक नियम उल्लंघन गरेकी हुन् भन्ने प्रष्ट छैन ।

उनको तस्बिरमा कमेन्ट गर्दै दर्शन नायरले ‘तिमीले हेल्मेट नलगाएको मात्र हैन विपरित लेनबाट समेत चलाएकी छौं, नियम थाहा नहुनेले बाइका चलाउनुको औंचित्य छैन’ भनि कमेन्ट गरेका छन् ।

उनका फलोअरहरुले यस तस्बिरमा उनको हेलचेक्रयाइप्रति सचेत गराउँदै विभिन्न कमेन्ट गरेका छन् । पछिल्लो चलचित्र थप्पड हिट भएसँगै ३३ वर्षीया तपसीलाई ‘थप्पड क्वीन’ भनेर समेत चिनिन्छ ।

एजेन्सीको सहयोगमा

कमेन्टहरु
Loading...