पोखरा । पछिल्लो समय आन्तरिक पर्यटकका लागि पहिलो रोजाई बनेको तनहुँको मानहुँकोटमा १ जनाको ज्यान गएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्याउलीबजारका सागर थापाको मानहुँकोटमा ज्यान गएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ३५ वर्षीय थापा आफ्ना अन्य साथीहरुसंग मिलेर मंगलबार क्याम्पफायरका लागि मानहुँकोट पुगेका थिए । रातमा क्याम्प फायर गरेर थापासंगै गएका साथीहरु आज बिहान घुम्न गएपनि थापा सुतेका थिए ।
प्रहरीका अनुसार थापा बिहान ११ बजेसम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा भेटिएका हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।