गन्थन डेस्क
केही समय यता मनोरञ्जनमूलक एप टिकटिकमा भाइरल भएकी निकिशामाथि राजधानीमै दुर्व्यवहार भएको छ । उनलाई एक समूहले सडकमै दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर क्राइम ब्यूरोलाई छानबिन र कारवाहीको जिम्मा दिएको छ । उक्त भिडियो सामाजिक सञ्जालमार्फत केही अघि प्रहरीलाई प्राप्त भएको हो ।
मोटरसाइकलमा सवार समूहले निकिशालाई अपमाजनक ढंगले बोलेको र दुर्व्यवहार गरेको देखिन्छ भने निकिशाले प्रतिकार गर्दै उक्त समूहमाथि जाइलाग्न खोजेकी छिन् । उक्त समुहले उनलाई ‘छक्का’ भन्दै खिल्ली उडाएको भिडियोमा सुन्न सकिन्छ ।
गायिका समृद्धि राइले उक्त भिडियोमा ‘यो त अति भयो । निकिशाको स्वतन्त्रपुर्वक बाँच्ने पाउने अधिकारको सम्मान गर्दै प्रहरी हेडक्वार्टरसमक्ष उक्त हुल्लडवाजलाई पक्राउ गर्न अनुरोध गर्दछु’ लेखेकी छिन् । ‘दृश्य अधैर्य र हृदयविदारक छ’ उनले थपेकी छिन् ।
निकेश श्रेष्ठ भनेर चिनिने उनी हाल टिकटक एवं सामाजिक सञ्जालमा महिलाको भेषमा निकिशाको नामबाट भाइरल भएकी छिन् । त्यस्तै, सञ्जालमा उनी निकिशा श्रेष्ठ क्वीन भनेर समेत चिनिन्छिन् ।
भिडियो: