गन्थन डेस्क
नेपाली रजतपटका आशलाग्दा नायक अर्पण थापा आजदेखि ४७ वर्ष लागेका छन् ।
कलिवुडमा केही फरक प्रस्तुती र मेथडिक एक्टिङकाकारण चिनिएका थापा नायक, निर्देशक र कथाकार हुन् । उनले सन् २००२ मा भारतको मुम्बइमा अभिनय सिकेर नेपाली फिल्म उद्योगमा पाइला टेकेका हुन् ।
थापाका प्रायः चलचित्र पुरातनवादी ढर्रामा बनेका भन्दा अलग छन् । उनको अभिनयले कथालाई जीवन्त बनाउने पछिल्लो समय चर्चामा रहेका फिल्महस्तीहरु बताउँछन् । उनको चलचित्र हेर्दा जति आनन्द आउँछ दर्शकले उति नै दिमाग खेलाउनु पर्ने हुन्छ ।
अनागत, डाइङ क्यान्डल, वीर विक्रम, छड्के, लप्पनछप्पन, सुनकेशरी, सिल्भर बेङ्गल्स, धन्दा उनका सफल चलचित्र हुन् ।