गलकोट । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरेका हुन् । संयोजक पुनले प्रवासदेखि थापाले गर्नुभएको सहयोग र देखाउनुभएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताए ।
थापाले तत्काललाई रु ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाए । त्योसमेत गरी थापाको सहयोग रकम रु। एक लाख दश हजार पुग्ने छ । ‘जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो’, उनले भने । नौ वर्षअघि जापान पुग्नुभएका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उनी सक्रिय छन् ।