पोखरा । पोखरामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिका वडा नं ३ मा तीन जना , ४ चार जना ,८ मा ६ जना , ९ मा दई जना , १० मा तीन जना, ११ मा सात जना ,१५ मा चार जना ,१४ मा दुइ जना, १६ मा दुइ जना , १७ मा पाँच जना,१९ मा दुइ जना ,२६ मा दुइ जना ,२९ मा दुइ जना र वडा नं ५, ७ , ६, १३ , २१ , ३० , ३२ , ३३ मा एक/एक जना संक्रमित थपिएका हुन् ।
यस्तै लमजुङमा आठ जना , बाग्लुङमा पाँच जना , पर्वतमा पाँच जना , तनहुँमा ४७ जना , मुस्ताङमा तीन जना , नवलपुर तीन जना र गोरखामा दुइ जना , स्याङ्जा पुतलिबजार नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ८ सय ४८ पुगेको छ ।