मिस युनिभर्स नेपालमा ट्रान्सवोमन ‘एन्जल लामा’

पोखरा । नेपालमा पहिलो पटक हुन लागेको मिस युनिभर्स नेपाल २०२० मा ट्रान्सवोमनको तर्फबाट एन्जल लामा क्वालिफायर राउण्डमा परेकी छन् ।

बुधवार आयोजक संस्था ‘म नेपाली लिमिटेड’ले मिस युनिर्भस नेपालको प्रतियोगिताको मापदण्ड भित्र परेका करिब ५० भन्दा वढिलाई क्वालिफायर राउण्डमा छनौट गरेको हो ।

प्रतियोगितामा प्रतिस्पर्धाका लागि क्वालिफायर भएकाहरु मध्यबाट टप ५० छनौट गरिनेछ ।

‘क्वालिफार भएपछि निकै खुशिलागेकको छ , नेपालमा पहिलो पटक ट्रान्सजेण्डर ग्रुपबाट प्रतिनिधित्व गर्न पाएको छु’,एन्जलले गन्थनसंग भनिन् ।

यौनिक तथा लैगिंक समुहका लागि सुन्दरी प्रतियोगिता मिस पिंक आयोजना हुदै आएको छ । एन्जल उक्त प्रतियोगिताको सन् २०१८ को विजेता समेत हुन् ।

उनले सन् २०१९ मिस इनटरनेशनल क्विनमा नेपालको तर्फबाट प्रतिनिधित्व गरिसकेकी छन् ।

एन्जलले थुप्रै सुन्दरी प्रतियोगितामा निर्णायकको भुमिका समेत निभाएकी छन् ।

यौनिक तथा लैगिंक अल्पसंख्यक समुहका हक अधिकारका लागि क्रियाशिल उनी सामाजिक अभियान्ता समेत हुन् ।

उक्त प्रतियोगितामा नेपालभरिका १८ देखि २८ वर्षभित्रका महिलाहरु सहभागि छन् ।

प्रतियोगिताको प्यानलमा मिस युनिभर्स नेपालकी क्रियटिभ डिरेक्टर अनुशा पिटरसन र मिस युनिभर्स नेपालका आधिकारिक प्रशिक्षक जोनस गाफुड, मिस युनिभर्स नेपाल २०१८ मनिता देवकोटा, नग्मा श्रेष्ठ र विशेष अतिथिमा इन्दिरा जोशी छिन् ।

कमेन्टहरु
Loading...