पुनमको शब्दमा ‘पहिलो माया’ (हेर्नुस् भिडियो)

गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत पहिलो माया सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ ।

एक प्रेम कथामा बनेको गीतको म्युजिक भिडीयो उत्कृष्ट बनेको छ । भिडीयोलाई  निकेस खड्काले निर्देशन गरेका हुन् ।

जहाँ केकी अधिकारी ,सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ ।

पुनम मोथे अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोसीको मेकअप समाबेस रहेको छ ।

यस अघिका दुई गीतहरु “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” झैँ पहिलो मायालाई समेत दर्शक स्रोताहरुले रुचाउने गीतकार मोथे बताउछिन् ।

कमेन्टहरु
Loading...