मादीको थुम्सीकोट भोलीदेखी सिल ,सार्वजनिक यातायात बन्द

पोखरा । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै कास्कीको मादी गाउँपालिकाको बिपत् ब्यबस्थापन समितिले सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ ।

समितिको मंगलबार विहान बसेको बैठकले कात्तिक २६ गतेदेखी मंसिर २ गते सम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाको वडा नं १० थुम्सीकोट आसपास सिल गर्ने समेत निर्णय गरेको छ ।

नेकपा मादी गाउँपालका अध्यक्ष कृष्ण दाहालका अनुसार समुदायमा कोरोना फैलिएपछि लक्षण देखीएका सबै ठाउँमा तत्काल पिसिआर परीक्षण गर्ने निर्णय बैठकले गरेको छ ।

कमेन्टहरु
Loading...