काठमाडौं । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ ।
गायक निरौलाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईको रहेको छ ।
मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् ।
नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् ।
मोडल आशिस कुमार मिस्टर रौनियार २०१९ को बिजेता हुन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।
भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतमा संगित खेम सरु मगरको छ ।
गीतमा एलेन मगरको छायाङ्कन , एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।