पोखरा । पोखरा महानगरपालिकामा ११ जना सहित गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीको शनिवारको चौथो र पाँचौं विज्ञप्ती अुनसार पोखरा वडा नं ८ मा २ जना वडा नं २, ९ , १३ ,१४ र १५ मा एक/एक जना संक्रमित थपिएका छन् । अर्को वडामा ४ जना थपिएका छन् । उक्त वडा कुन हो खुलाइएको छैन ।
यस्तै तनहुँमा १३ जना , नवलपुरमा ६ जना र गोरखा वाग्लुङ र स्याङ्जामा एक एक जना संक्रमित थपिएका छन् ।
यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९ हजार १७ पुगेको छ ।