पर्यटनमन्त्री भन्छन् , ‘मङ्सिरदेखि पर्यटकीय गतिविधि खुल्ला हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा पुगेका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाए ।

मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा अघि बढाइने भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।

विमानस्थल पुनः सञ्चालमा ल्याइने

मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिए ।

गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान शुरु गरिने बताए ।

सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आफूहरुको लामो प्रयासपछि मन्त्रीको निरीक्षणको भएकाले अब विमानस्थलको स्तरोन्नति हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं. १ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भएपनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्ने बताए ।

उनले  काठमाडौँबाट र काँगेलबाट र विराटनगर–काँगेल पनि उडानका लागि तयारी गर्न आग्रह  गरे ।

अर्का प्रदेशसभा सदस्य उत्तम बस्नेतले गाउँगाउँमा सडक पुगेसँगै काँगेलडाँडा विमानस्थल सञ्चालनको बलियो आधार बन्दै गएको बताए ।

नेकपा सोलुुखम्बुका अध्यक्ष मानवीर राईले विमानस्थल स्तरोन्नतिका लागि भएका पहल सकारात्म रहेको जनाए ।

गाउँपालिका अध्यक्ष असिम राईले विमानस्थगल पुनःसञ्चालनका लागि स्थानीय सरकार साझेदारी गर्न प्रतिबद्ध रहेको बताए ।

विसं. २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६३ सालदेखि उडान सेवा शुरु भएकामा विसं २०७२ मा उडान बन्द भएको थियो ।

 

कमेन्टहरु
Loading...