पोखरा । बाग्लुङको धौलागिरी अस्पतालमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । जिल्लाको बाग्लुङ नगरपालिका वडा नम्बर २ का ८० वर्षीय १ जना वृद्धको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि कार्तिक १९ गते उपचारका लागि उनी सो अस्पताल पुगेका थिए । मृतक वृद्धको सोही दिन निधन भएको थियो । उनको निधनपछि मात्र कोरोना रिर्पोट पोजेटिभ आएको हो । धौलागिरी अस्पतालमा कोरोनाबाट ज्यान गुमाउने उनी दोस्रो व्यक्ति हुन् ।
२०८२ आश्विन २१ गते मंगलवार