कास्कीको रुपा गाउँपालिका आइतबारसम्म बन्द

गन्थन डेस्क

कास्कीको रुपा गाउँपालिकाको सम्पूर्ण सेवा आइतबारसम्म बन्द गरिएको छ ।

गाउँपालिकाको एक कर्मचारीमा कोरोना पुष्टी भएकाले कार्यालय बन्द गर्नुपरेको पालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘पालिकावासीलाई सुरक्षित राख्ने हेतुले पालिका कार्यालय बन्द गरेका छौं’ अध्यक्ष ओझाले भने ‘संक्रमण थप नफैलियोस् भनेर कार्यालय बन्द गर्नुको विकल्प रहेन ।’ उनले यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन् ।

त्यस्तै, उनले पालिकावासीमा कोरोना संक्रमणबाट बच्न आवश्यक सम्पूर्ण नियम पालना गर्न समेत अनुरोध गरेका छन् । कार्यालय सोमबारदेखि सुचारु हुनेछ ।

कमेन्टहरु
Loading...