प्रहरी सेवा प्रवाहलाई समय सान्दर्भिक बनाउन निर्देशन

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले जिल्ला प्रहरी कार्यालय पर्वत, बाग्लुङ र म्याग्दीको स्थलगत निरीक्षण गरि कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत दिएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत कोरोना भाईरस नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक अर्यालले निरिक्षण गरेका हुन् ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक आर्यालले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिए ।

साथै संगठनले अंगिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन समेत उनले निर्देशन गरेका छन् ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत, बाग्लुङ म्याग्दीका प्रहरी प्रमुखहरुले प्रहरी नायव महानिरीक्षक अर्याल समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन, कोरोना भाईरसन नियन्त्रणका लागि भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी समेत गराएका थिए ।

कमेन्टहरु
Loading...