पोखरा । गण्डकी प्रदेशमा थप २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
गोरखामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको भीमसेन थापा ३ का ४६ वर्षीय १ जना पुरुष, गोरखा ९ का ६२ वर्षीय १ जना महिला तथा पालुङटार २ का २७ वर्षीय १ जना पुरुष गरेर ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
लमजुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको राइनास नगरपालिका ९ का ३५ १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भानु नगरपालिका वडा नम्बर ३ का ६५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
नवलपरासीमा १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको देवचुली, गैंडाकोट, कावासोती तथा मध्येविन्दुका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ हजार २९ पुगेको छ ।