पोखरा । गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थय निर्देशनालयले उलपब्ध गराएको तथ्यांक अनुसार लमजुङमा ४४ वर्षीय १ जना महिला, नवलपरासी पूर्वमा ३१ वर्षीय १ जना पुरुष, पर्वतमा २२ वर्षीय २ जना पुरुष, स्याङ्जामा ४१ र ६१ वर्षीय २ जना पुरुष तथा तनहुँमा ५० वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कुनैको पनि ठेगाना खुल्न सकेको छैन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ हजार ७ पुगेको छ ।