पोखरा । गण्डकी प्रदेश भूमि व्यवस्थाकृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
रुघा,खोकी र ज्वरो आएपछि मन्त्री थापाले मंगलबार स्वाब परिक्षणका गराएका थिए । उनको बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ ।
उनलाई केही दिन ज्वरो आएपनि हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।