काठमाडौं । ¥याप गायक भिटेनलाई पक्राउ नर्गन उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।
भिटेन भनेर चिनिने समीर घिसिङलाई पाटन उच्च अदालतका मुख्य न्यायधीष नहकुल सुवेदीको इजलासले संगीतको विषयलाई लिएर पक्राउ नगर्न प्रहरीको नाममा आदेश दिएको हो । प्रहरीले आफूलाई पक्राउ गर्न लागेको भन्दै उनी उच्च अदालत पाटन पुगेका थिए ।
१ हप्ता अगाडि भिटेनले आफ्नो युट्युबमा पोस्ट गरेको ¥याप गीतको भिडियोमा आपत्तिजनक शब्द राखिएको तथा प्रहरीलाई लक्षित गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरालाई कारवाहरुका लागि चिठ्ठी लेखेको थियो ।