गण्डकी प्रदेशमा थप २२ जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप २२ जनालाई संक्रमण पुष्टि भएको हो ।

तनहुँमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको रिषिङ गाउँपालिका तथा भानु नगरपालिकाका १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बाग्लुङमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गल्कोट नगरपालिकाका ३ जनालाई पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

लमजुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मुस्ताङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको घरपोङ तथा थासाङका २ जनालाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ८ सय ८५ पुगेको छ ।

कमेन्टहरु
Loading...