पोखरामा थप १० जनालाई कोरोना

पोखरा । पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

२० वर्षीय १ जना पुरुषलाई कोरोना पुष्टि भएको छ । संक्रमित पुरुष पोखरा महानगरपालिका अन्तरगत कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

पोखरा २ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका २ जना महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १३ वर्षीय बालिका तथा ३७ वर्षीय महिला र ६५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ४ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३१ वर्षीय १ जना महिला तथा ४७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १० की ३६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १२ का २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १७ का १८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३० की २४ वर्षीय १ जना महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज बिहान स्वास्थ्य निर्देशनालयले उलपब्ध गराएको तथ्यांक अनुसार कास्कीको पोखरामा ४९ तथा अन्नपूर्ण गाउँपालिकामा १ जनालाई कोरोना पुष्टि भएको थियो । यससंगै कास्कीमा आज ६० जनालाई संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर २ का ६१ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ८ सय ३९ पुगेको छ ।

कमेन्टहरु
Loading...