गण्डकी प्रदेशमा थप १२ जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप १२ जनालाई संक्रमण पुष्टि भएको हो ।

कास्कीका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा जिल्लाकी ४१ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो । उनी जिल्लाको कुन स्थानकी हुन् भन्ने खुलेको छैन ।

लमजुङको मध्यनेपाल १ की ५५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

सोही अस्पतालमा गरिएको परीक्षणका क्रममा तनहुँका २ जना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका ५ की ५२ वर्षीय तथा म्याग्दे गाउँपालिका वडा नम्बर ५ की ५६ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

गोरखाका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको पालुङटारका हुन् । संक्रमित पालुङटार २ की २५ वर्षीय १ जना महिला तथा ८ का ७३ वर्षीय १ जना पुरुष रहेका छन् ।

पर्वतमा १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी २४ वर्षीय १ जना महिला हुन् । संक्रमित जिल्लाको कुन स्थानकी हुन् भन्ने खुलेको छैन ।

नवलपरासीका ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कावासोती, गैंडाकोट तथा देवचुलीका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार २ सय ४० पुगेको छ ।

कमेन्टहरु
Loading...