पोखरा । पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २५ का ४३ वर्षीय, १७ का १७ वर्षीय, १४ का ५८ वर्षीय तथा ५ का ५२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरामा रहेको आर्मी अस्पतालमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २३ र ३५ वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरामा आज बिहानको तथ्यांक अनुसार ६० जनालाई संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ का २७ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ४८ वर्षीय १ जना महिला तथा २९ र ३१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यस्तै जिल्लाकै म्याग्दे गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर २ का ४६ वर्षीय तथा वडा नम्बर ६ का २७ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पर्वत जलजलाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जलजला ७ का २६ वर्षीय तथा २ का ४९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
म्याग्दीमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय, ९ का २१ वर्षीय तथा ८ का ५४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार १ सय ६३ पुगेको छ ।