शुक्रबार मध्यरातदेखी कुश्मामा अत्यावश्यक बाहेक सेवा बन्द

पोखरा । कोरोना संक्रमण बढेपछि पर्वत कुश्मा नगरपालिकामा शुक्रबार देखी अत्यावश्यक बाहेकको सेवा बन्द हुने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बिमल गौतमका अनुसार शुक्रबार राती १२ बजेदेखी ७ दिनसम्म कुश्मा बजार बन्द गराउने निर्णय भएको हो ।

कुश्मामा रहेका सम्पुर्ण बैक तथा बित्तिय सस्था र अति आबश्यक बाहेकका सम्पुर्ण पसलहरु पनि बन्द गराउने  डिसिसिएमसिको बैठकले निर्णय गरेको छ ।

कात्तिक २१ गतेसम्म कुश्मा नगरपालिका ४,५,६,७ वडा कार्यलय बन्द रहनेछन् ।

कुश्मा बजारमा पसल संचालन गरेका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि बजार बन्द गर्न लागिएको हो ।

पर्वतमा हाल सम्म २ जनाको मृत्यु भैसकेको छ । भने विहिबारसम्म १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...